नेपाली क्रिकेटका साथै अन्तर्राष्ट्रिय क्रिकेट जगतका हिरो सन्दीप लामिछानेको करियरमा धक्का लागेपनि उनी अभ्यासमा व्यस्त रहेका छन् । लामिछानेले हाल का’रागारमा कै’द जीवन भोगिरहेका छन् ।
उनी केन्द्रीय कारागार सुन्धाराको चौघेराभित्र कै’द छन् । खुला क्रिकेट मैदानमा बलिङ गरेर चम्किएका लामिछानेमाथि एक नाबालिकालाई बला’त्कार गरेको आरो’प लागेपछि जिल्ला अदालत काठमाडौंले १८ कात्तिकमा पुर्प’क्षका लागि जे’ल चलान गर्ने आदेश दिएको थियो ।
तर, जे’ल जीवन भोगिरहेका लामिछानेको हातबाट क्रिकेट बल भने खोसिएको छैन । उनी पछिल्लो समय का’रागारभित्रका कैदीबन्दीसँग नियमित क्रिकेट खेलिरहेका छन् ।
केही कै’दीहरूलाई क्रिकेटबारे प्रशिक्षणसमेत दिइरहेका छन् । सुन्धारा कारागारका प्रमुख जेलर ईश्वरप्रसाद पाण्डेका अनुसार लामिछाने नियमित कै’दीबन्दीसँग क्रिकेटकै अभ्यासमा व्यस्त हुन्छन् ।
सन्दीपको पक्षबाट बसह गर्ने अधिवक्ता मुरारी सापकोटा पनि सन्दीपको कैद जीवन सामान्य नै रहेको बताउँछन् । उनी भन्छन्, ‘पहिलाको तुलनामा अहिले सन्दीपमा केही मनोबल बढेको जस्तो देखिन्छ ।
निरास भएर हिम्मत हारेर हुँदैन भन्ने भाव देखिन्छ । अरु कै’दीजस्तै क्रिकेट खेलिरहन्छन् । करियरबारे भने केही चिन्तित देखिन्छन् ।’
सन्दीपमाथि नुवाकोटकी १७ वर्षीया नाबालिकालाई ५ भदौमा भक्तपुरको नगरकोट घुमाएर गौशाला पिङ्गलास्थानस्थित होटल काठमाडौं इनमा राखेर ब”लात्कार गरेको उ’जुरी प्रहरीमा परेको थियो ।
सोही अभि’योगमा प’क्राउ परेका उनलाई जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पु’र्पक्षका लागि थु’नामा पठाउने आदेश दिएको थियो । जिल्लाको आदेशविरु’द्ध लामिछानेका वकिल उच्च अदालत पाटन पुगेका छन् ।