क्रिकेटर सन्दीप लामिछानेको घटनामा आज सुनुवाई हुुन लागेको छ । जिल्ला अदातल काठमाडौंको आदेशविरु’द्ध सन्दीप लामिछानेले गरेको पुनरावेदनमा सुनुवाई हुन लागेको हो ।
लामिछानेले आफूलाई पु’र्पक्षका लागि थु’नामा पठाउने अदालतको आदेशविरु’द्ध मंसिर २९ गते पुनरावेदनका लागि निवेदन हालेका थिए । सो पुनरावेदन मुद्दाको सुनुवाइ आज हुने सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले जानकारी दिए ।
यसअघि धरौटी वा साधारण ता’रेखमा छाड्न अस्वीकार गर्दै अदालतले सन्दीपलाई पुर्प’क्षका लागि थु’नामा पठाउने आदेश गरेको थियो । हाल केन्द्रीय कारा’गार सुन्धारामा रहेका सन्दीप थु’नामुक्त हुनुपर्ने माग उनका कानुन व्यवसायीले राखेका छन् ।
सन्दीपलाई १७ वर्षीया किशोरीले ब’लात्कारको आ’रोप लगाएकी थिइन् । सन्दीपले भने इन्कारी बयान दिँदै आएका छन् । अर्कोतर्फ आ’रोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको तर्क सन्दीपका कानून व्यवसायीको छ ।
आ’रोप लगाउने किशोरीले जन्म दर्ता सच्याउँदै प्रतिलिपि जन्म दर्ता बनाएर उमेर घटाउँदै नागरिकता बनाएको दाबी उनीहरूले गर्दै आएका थिए ।
यता, नेपाल क्रिकट संघ (क्यान)का महाप्रबन्धक बृतान्त खनाल सन्दीप लामिछानेले ब’लात्कार नगरेको दाबी गरेका छन् । सन्दीप लामिछानेले किशोरीसँगै कोठाभित्र छिरेपछि शारि’रीक सम्बन्ध राखेको भन्ने कुुरा सत्य नरहेको उनको दाबी छ । यसका लागि प्रमाण आवश्यक रहेको उनले बताए ।
खनालले भने, ‘सन्दीपले मलाई भेट्दा दाई म निर्दोष छुु भन्छन् । मलाई कसैले ५ करोड दे म मुुद्धा सल्टाईदिन्छुु भनेपनि दिन्न भन्छन् ।’ ‘केटी पक्षले पैसा मागिरहेको छ ?’ प्रश्नमा उनले भने ‘समाचार माध्यममा कतै कतै यस्तो कुुुरा पनि आइरहेको छ ।’