नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि बला’त्कार आ’रोप लगाउने किशोरीको जन्मदर्ताको कागजात अस्पतालबाट झिकाइएको छ ।
मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पी’डित भनिएकी किशोरी जन्मिएको अस्पतालबाट जन्मदर्ताको कागजात झिकाएको हो ।
सन्दीपका वकिल सरोजकृष्ण घिमिरेका अनुुसार अदालतले पीडि’त भनिएकी किशोरीका दाजुले बहिनी वीरगञ्जमा जन्मिएको बताएपछि सम्बन्धित अस्पतालबाट कागजात झिकाउन आदेश दिइएको हो।
‘सन्दीप लामिछानेविरु’द्धको मु’द्दाको बारेमा काठमाडौं जिल्ला अदालतले सम्बन्धित पक्षलाई बुझ्न, पी’डित भनिएकी युवतीको जन्मको बारेमा सम्बन्धित कागजातहरू सम्बन्धित कार्यालयहरूबाट मगाउनु भन्ने आदेश भयो ।
आदेशपछि बकपत्र पनि सुरु भयो । मागिएका कागजातहरू पनि सम्मानित अदालतमा दिन भनिएको छ,’ उनले भने ।
अदालतले सन्दीप र पी’डित भनिएकी किशोरीबीच सम्पर्क गराएका क्रिकेटर देव खनाललाई पनि बकपत्र दिन बोलाएको छ । साथै किशोरीको मेडि’कल टे’स्ट गर्ने डाक्टरलाई पनि ब’कपत्रका लागि बोलाउन आदेश भएको छ ।