क्रिकेटर सन्दीप लामिछानेलाई डिप्रेसन भएको छ । झण्डै ३ महिनादेखि केन्द्रिय का’रागार सुुन्धारामा रहेका उनलार्ई डिप्रेसन देखिएको वकिल सरोजकृष्ण घिमिरेले बताए ।
लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले लामिछानेमा नकारात्मक सोचाइ बढेको लगायतका समस्या देखिएको बताए।
उनका अनुुसार बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय का’रागारमा गएर लामिछानेलाई मनोपरामर्श दिएकी छिन् ।
का’रागारमा काउन्सिलिङका लागि छुट्टै कोठाको व्यवस्था नभएको पनि उनले बताए। त्यसले गर्दा प्रभावकारी काउन्सिलिङ दिन गाह्रो हुने उनको भनाइ छ।
‘हामीले नियमित काउन्सिलिङका लागि जे’लरसँग अनुमति मागेका छौं। तर त्यहाँ कै’दी बन्दीहरू सामूहिक बसेकै ठाउँमा गएर काउन्सिलिङ गर्नुपर्ने रहेछ। काउन्सिलिङ गर्दा छुट्टै कोठा वा ठाउँको व्यवस्था हुन जरूरी देखिन्छ,’ उनले भने।
सन्दीपमाथि १७ वर्षीया किशोरीमाथि ब’लात्कार गरेको आcरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पु’र्पक्षको लागि थु’नामा पठाउन आदेश दिएपछि उनी सुन्धारास्थित केन्द्रीय का’रागारमा छन्।
गत मंगलबार काठमाडौं जिल्ला अदालतले पी’डित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्प’तालबाट झिकाउन आदेश दिएको थियो।