अत्याधिक जाडो वढेपछि विद्यालय धमाधम बन्द हुन थालेका छन् । बाक्लो हुस्सु र शीतलहर वढेपछि महोत्तरीका केही सामुदायिक विद्यालय बन्द भएका छन् ।
अत्याधिक जाडो वढेपछि जिल्लाको दक्षिणवर्ती क्षेत्रका स्थानीय तहले धमाधम बिदा दिन थालेका हुन् । अहिलेसम्म जिल्लामा ७ वटा पालिकाका सामुदायिक विद्यालय बन्द गरिएको छ ।
बन्द गर्नेहरुमा औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनामा गाउँपालिका, जलेश्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका गरि ७ पालिकाहरुमा बिदा दिइएको जिल्ला शिक्षा समन्वय एकाइले जनाएको छ ।
सोमबारदेखि बढेको अत्याधिक चिसोलाई मध्यनजर गर्दै अन्य पालिकाहरुले पनि बिदाको तयारी गरेका छन् । जिल्लाको मट्टिहानी नगरपालिकाले भने २० गतेवाट बिदा दिने त्यहाँको शिक्षा शाखाले जानकारी दियो ।
त्रिभुुवन विश्वविद्यालयद्धारा २२ दिन बिदा
चिसोले पठनपाठनमा कठिनाई हुुन थालेपछि त्रिभुुवन विश्वविद्यालय पुुस १७ गतेदेखि २२ दिन बिदा दिन सकिने व्यवस्था गरेको छ । त्रिभुुवन विश्वविद्यालयका कतिपय आंगिक क्याम्पसहरुले पठनपाठन बन्द गरिसकेका छन् भने केही गर्ने तयारीमा छन् ।