नेपाल टी–ट्वान्टी लिगमा सौ’दाबाजी भएको आ’रोप लागेको छ । लिगका कमेन्टेटर सचिन तिमिल्सेनाले नै लिगमा फिक्सिङ भएको आ’रोप लगाएका हुुन्।
मंगलबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै तिमल्सिनाले प्रतियोगितामा फिक्सिङ भएको बताए। ‘मैले नेपाली क्रिकेटमा यस्ता घटनाहरू देखे जुन पहिले कहिले देखेको थिइन।
सन् २०१७ भारतीयहरूले आयोजना गरेको एसियन प्रिमियर लिगमा फिक्सिङ भएको थियो। मलाई क्यान नै इन्भल्भ भएपछि क्रिकेट सफा हुन्छ भन्ने लागेको थियो। तर, यसमा भएन,’ सचिनले भने।
सचिनले लिगमा हुने फिक्सिङले खेलको नतिजामा असर नपर्ने भए पनि खेलको बीचमा हुने क्रियाकलापमा असर पर्ने गरी फिक्सिङ भइरहेको बताए।
‘खेलको पूरै फिक्सिङ छ। यसले खेलको रिजल्टमा कुनै असर पार्दैन। तर, खेलको बीचमा हुने क्रियाकलपमा भने असर पर्छ,’ उनले भने।
नाम नचेलका र नसुनिएका व्यक्तिलाई ल्याएर कप्तान बनाइनु आफैँमा शं’कास्पद भएको भन्दै उनले उत्कृत्ट ब्याटिङ र बलिङ गरिरहेका सिकन्दर राजा र सोमपाल कामीलाई हटाइनुले पनि थप पुष्टि गर्ने बताए।
क्यानका पदाधिकारीहरूलाई भन्दा समेत केही नभएपछि आफूले भिडियो बनाएको भन्दै सचिनले अगाडि थपे, ‘नेपाल टी–ट्वान्टी फिक्सरहरूको हातमा गएको छ, यो नेपाली क्रिकेटलाई बिगार्ने सबैभन्दा महत्त्वपूर्ण हुन्छ।’