शिक्षक सेवा आयोगले खोलेको विज्ञापनमा ठूलो संख्यामा कोटा खाी गएको छ । बिहीबार आयोगले निमावि तहको तृतीय श्रेणी शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ । तर, ६४७ पदमा शिक्षक छनोट नै हुन नसकेपछि कोटा खाली गएको छ ।
आयोगले बिहीबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो । आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै परीक्षा सञ्चालन गरेको थियो ।
तर, आयोगले माग गरेको ६४७ पदमा शिक्षक छनोट नै हुन नसकेको प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । उनले भने, ‘हामीले विज्ञापन गरे बमोजिम रिक्त दरबन्दीमा पदपूर्ति हुन सकेन ।’
विज्ञान र गणित विषयमा मागअनुसार शिक्षकले परीक्षा पास गर्न नसकेका हुन् । आयोगले यसबर्षको विज्ञापन पनि खोल्ने तयारी गरेको छ ।