३७ वर्षका फुटबलर क्रिष्टियानो रोनाल्डो साउदी अरबले किनेको छ । रोनाल्डोलाई इतिहासमै सबभन्दा धेरै तलब दिएर अल नासरले किनेको हो ।
रोनाल्डोलाई अनुबन्ध गरेपछि अल नासरले ट्वीट गरेको छ, ‘इतिहास बनिरहेको छ ।
यो सम्झौताले हाम्रो क्लबलाई मात्र सफलता गर्न मात्र प्रेरित गर्दैन, हाम्रो लिग, देश र आउने पुस्ताका युवा युवतीलाई उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्छ ।’
रोनाल्डोले पनि नयाँ देशमा फुटबल लिगको अनुभव हासिल गर्न उत्साहित रहेको बताएका छन् ।
‘अल नासरले जुन भिजनका साथ काम गरिरहेको छ र पुरुष तथा महिला फुटबलका लागि जसरी साउदी अरबमा काम भइरहेको छ, यो प्रेरणादायक छ’, उनले भनेका छन्, ‘हालै विश्वकपमा गरेको प्रदर्शनले पनि देख्न सक्छौं कि साउदी अरब फुटबलका लागि एक क्षमतावान देश हो ।’
कुनै सन्देश छैन, यो सम्झौतासँगै रोनाल्डो इतिहासमा सबभन्दा धेरै तलब लिने फुटबलर बनेका छन् । तर उनको स्टारडमको फाइदा साउदी अरबले पनि पाउनसक्छ ।
मिडिल इस्ट इकोनोमीका अनुसार २०३० को विश्वकप आयोजना गर्ने साउदी अरबको दाबीलाई सफल बनाउन रोनाल्डोको उपस्थितिले भूमिका खेल्नसक्छ ।
रोनाल्डो अल नासरमा अनुबन्ध भएसँगै सञ्चार माध्यमहरुको ध्यान साउदी फुटबलमा केन्द्रित भएको छ । साउदीका पर्यटनमन्त्री अहमद अल खतीबलाई उदृत गर्दै वेबसाइटले लेखेको छ कि साउदी अरबले इजिप्ट र ग्रिससँग मिलेर २०३० को विश्वकप फुटबल आयोजना गर्ने प्रस्ताव राख्न सक्छ ।
मन्त्री अहमद अल खतीबले एक अन्तर्वार्तामा भनेका छन्, ‘इजिप्ट र ग्रिससँग मिलेर प्रस्ताव राख्ने सोच बनाएका छौं र आशा छ कि हामी सफल हुने छौं ।’
हुन पनि साउदी अरबले हरेक वर्ष हुने फर्मुला वान रेस र एसियन विन्टर गेम्स २०२९ सहित केही अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाइसकेको छ । – बीबीसीको सहयोगमा