फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले ध्यान नदिएको एउटा कुराले उनलाई घाटा हुनसक्ने देखिएको छ । साउदी अरबको फुटबल क्लब अल नासर एफसीले उनलाई धेरै रकम खर्च गरेर आफ्नो क्लबमा जोडेको छ।
तर साउदी क्लब अल नासर एफसीलाई रोनाल्डोको एउटा कुराले अपठ्यारो पर्न सक्ने हुन्छ। किनकी रोनाल्डो र उनकी प्रेमिका जार्जिना रोड्रिगेजसँगै बस्छन् तर उनीहरुले बिवाह गरेका छैनन्। जबकी साउदीको कानूनअनुसार बिवाह बिना प्रेमिकासँग एकै घरमा बस्नु गै’रकानूनी हो।
रोनाल्डो र उनकी प्रेमिका जार्जिना लामो समयदेखि सँगै बस्दै आइरहेका छन्। स्रोतका अनुसार रोनाल्डो र जार्जिना साउदीमा पनि का’नून मिचेर सँगै बस्नका लागि तयार छन्। तर, रोनाल्डोलाई कानून उल्लंघनको आरोपमा साउदीले उनलाई द’ण्डित गर्ने सम्भावना कति पनि छैन।
स्पेनिश समाचार एजेन्सी ईएफईका अनुसार विश्वकै चर्चित र महंगा फुटबल स्टार भएकाले उनलाई कुनै किसिमको रोक’तोक हुनेछैन।
उनी सन् २०१६ देखि आफ्नी प्रेमिका जार्जिना रोड्रिगेजसँगै रहेका छन्। रोनाल्डो आफ्नो परिवारसँग समय बिताउन रमाउछन्। उनी जहिले पनि मैदानबाट टाढा रहँदा धेरै जसो आफ्नो परिवारसँग रहन्छन्।
रोनाल्डोले जुन २०१८ बाट जुन २०१९ सम्म एक वर्षको अवधिमा विज्ञापनबाट नै ११० मिलियन डलर कमाएका थिए। उनको कुल कमाइ सधैं बढीरहेको हुन्छ। सन् २०१४मा उनको कुल कमाइ १५० मिलियन डलर थियो भने २०२२ मा बढेर ५०० मिलियन डलर पुगेको थियो।
यस्तै, उनकी प्रेमिका जार्जियासँग कुल १० मिलियन डलर सम्पति रहेको छ। जार्जिया पेशाले एक मोडेल, नृत्यगांना र अभिनेत्री हुन्। २८ वर्षिय जार्जियासँग ट्रम्प टावरमा अपार्टमेन्टदेखि लिएर के ला फिन्काको ६।२ मिलियन डलरको लक्जरी भिलासम्मका विभिन्न प्रकारका अपार्टमेन्ट रहेका छन्।