नेपाली युवाहरुको एक टिम पब्जी विश्व च्याम्पियनसिपमा उपविजेता भएको छ । इन्डोनेसियामा भएको खेलमा टर्कीको एसटूजीले उपाधी जित्दा नेपालको डीआरएस टिम उपविजेता बनेको हो ।
फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख अमेरिकी डलर पुरस्कार पाएको छ । फाइनल पुगेको नेपालकै अर्को टिम भने १३ औं स्थानमा समेटिएको छ ।
उपविजेता बनेको नेपाली टोली डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार जितेको छ। यो भनेको नेपाली रूपैयाँ तीन करोडभन्दा धेरै हो।
यसैबीच, काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह बालेनले नेपाली टोली दोश्रो भएको भन्दै खसी व्यक्त गरेका छन् । उनले नेपाली टोलीले लगभग ३ करोड रुपैया जितेको र यो कुनै पनि नेपाली खेलकुदमा सबै भन्दा ठूलो सफलता भएको बताएका छन् ।
बालेन पनि पब्जी विश्व च्याम्पियनसिप हेर्न र नेपाली टोलीको हौसला बढाउन केही दिनअघि इन्डोनेसिया पुगेका थिए ।
यस्तो छ उनको भनाईः
‘एतिहासिक सफलता । बिश्व Championship मा नेपाली टोलि दोश्रो भएको छ । लगभग ३ करोड रुपैया जितेको छ DRS gaming ले । यो कुनै पनि नेपाली खेलकुदमा सबै भन्दा ठूलो सफलता हो ।’
उनले स्टाटस लेखेको १३ घण्टामै (यो समाचार तयार पार्ने बेलासम्म) डेढ लाख फसबुक प्रयोगकर्ताले उनको पोस्ट लाइक गरेका छन् भने १५ हजार टिप्पणी र उक्त पोस्ट ५ हजा्र सेयर भएको छ ।