नेपाल टी–२० लिगमा फिक्सिङ भएको प्रमाण फेला परेको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी लिगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रमाण भेटेको हो ।
गृह मन्त्रालयले ‘फिक्सिङ’ र स्पट फिक्सिङको अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबी सक्रिय भएको थियो । सुरुमा कमेन्ट्री टिममा रहेका सचिन तिमल्सिनाले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै लिगमा स्पट फिक्सिङको आशंका गर्दै प्रतियोगिताबाट बाहिरिने घोषणा गरेका थिए ।
त्यसपछि काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई फिक्सिङको प्रस्ताव आएको खु’लासा गरे । तर, उनले कोमार्फत कसलाई प्रस्ताव आएको भन्ने खुलाएनन् ।
त्यसपछि सीआईबी, राष्ट्रिय खेलकुद परिषद् (राखेप), विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीलगायत निकायले अनुसन्धान सुरु गरेका थिए ।