क्रिकेटर सन्दीप लामिछाने छुटेका छन् । पाटन उच्च अदालतले धरौ’टीमा रि’हा गर्न आदेश दिएबमोजिम उनी २० लाख रुपयाँ ध’रौटी तिरेर उनी शुक्रबार छुटेका हुन् ।
पू’र्पक्षका लागि थु’नामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार सन्दीपलाई २० लाख धरौटी माग दाबीसहित रिहाइ गर्न आदेश दिएको थियो ।
सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख रुपैयाँ धरौटी बुझाएका थिए। केही समयअघि प्रहरीले अनुसन्धान गर्दा उनको खातामा ६५ हजार मात्र भेटिएको थियो ।
अदालतको आदेश बमोजिम लामिछानेको परिवारले जिल्ला अदातल काठमाडौंमा धरौ’टी रकम जम्मा गरेपछि उनी रिहा’इ भएका उनका कानुन व्यवसायी सरोज कुमार घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरी लामिछाने रि’हा भएका हुन् । लामिछाने धरौ’टीमा रिहाइ भएपनि अदालतको अनुमतिबिना विदेश जान, सामाजिक सञ्जालमा प्रतिक्रिया दिन, काठमाडौं छाड्न रोक लगाइएको छ । तर उनलाई काममा फर्किन भने कुनै रोक लागाइएको छैन ।