लोक गायक पशुपति शर्माले आफू दुर्घ’टनाबाट बचेको बताएका छन् । उनले आज भएको यती एयरलाइन्सको विमान दुर्घट’नाबाट आफू जोगिएको बताएका हुन् ।
गायक शर्मालेले आज पोखरा आउने कार्यक्रम केही दिन अगाडि सरेकोले आफु दुर्घ’टनामा पर्नबाट जोगिएको बताए ।
‘खासमा म यहि विमानमा आज पोखरा आउने तयारीमा थिए । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा म दुई दिन अघि नै बुद्ध एयरबाट पोखरा आएँ’, शर्माले भने ‘काठमाडौं फर्कन फ्लाइट कुरिरहेको थिएँ ।
विमान दुर्घटनाको खबर आउँदा नमज्जा लाग्यो । रु’न मन लाग्यो ।’ ‘अहिले त भाग्यले बाँचियो । भोलि पनि हिँडिरहनुपर्छ । कसले देखेको छ र ?’ उनले थपे ।
शर्मा पोखरबाट अहिले स्याङजातर्फ लागेका छन् । त्यसपछि उनी बागलुङको कार्यक्रममा पुग्नेछन् । देशको बिभिन्न ठाउँमा मेला महोत्सव चलिरहेकोले अहिले त्यसैको सिलसिलामा आफु उपत्यका बाहिर रहेको शर्माले सुनाए ।
६८ जना यात्रु र चालक दलका ४ सहित आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उपत्यकाको सेती नदी खों’चमा ख’सेको हो ।