अभिनेता पल शाहको कथामा चलचित्र बनाउने तयारी भएको छ । तनहुँको जेलमा रहेका पल शाहको कथावस्तुमा एक फिल्म बन्न लागेको हो ।
पललाई लिएर ‘ओ सजन’ नामको फिल्मको घोषणा भएको हो। एघार महिनादेखि का’रागारमा रहेका पलसँग यो फिल्ममा कविता राय पनि रहनेछिन्। कविता एकताका पलसँग नाम जोडिएकी मोडलसमेत हुन्।
यो फिल्म कविता रायले नै निर्माण गर्न लागेकी हुन्। कविताले फिल्मका लागि पलसँग कानु’नी झमेला पर्नुअगाडि नै सम्झौता भएको बताएकी छन्।
फिल्म शिवम् अधिकारीले निर्देशन गर्नेछन्। कविता र पलललाई लिएर निर्माण गरिने यो फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ। पल जे’लबाट छुट्नासाथ यो फिल्ममा काम गर्ने अधिकारीको दाबी छ।
पल शाहलाई साढे २ वर्षको कै’द सजा’य भएको छ। पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालय गरी दुई ठाउँमा नाबालिग बला’त्कार अभि’योगमा मु’द्दा परेको थियो। जसमध्ये नवलपुर जिल्ला अदालतले पल शाहलाई जब’र्जस्ती क’रणी मु’द्दामा सफाइ दिँदै बाल यौ’न दुरू’पयोग क’सुरमा साढे २ वर्ष कै’द सजा’यको फैस’ला गरेको छ।
नवलपुर अदालतले साढे २ वर्षको कै’द सजा’य सुनाएका शाहलाई लिएर ‘ओ सजन’ निर्माण गर्न चलचित्र विकास बोर्डबाट अनुमति लिइएको छ ।