नायिका पुजा शर्माले आफ्ना सहकर्मी अभिनेता पल शाहबारेको खबरमा खुसी व्यक्त गरेकी छिन् । मंगलबार शाहलाई तनहु जिल्ला अदालतले स’फाइ दिएपछि खुशीले गदगद बनेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो खुशी व्यक्त गरेकी हुन् ।
पल शाहको समाचार बाहिरिएसँगै पुजाले फेसबुकमा लेखेकी छन्, ‘जहिल्यै तिम्रो साथमा थिएँ । अहिले खुशीको सिमा रहेन ।’
पल शाह बला’त्कार आ’रोपमा प’क्राउ परेदेखि नै पुजाले उनको बचाउमा लगातार अभिव्यक्ति दिँदै आएकी थिइन् । उनले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पलले अभिनय गरेका थिए । पल जे’ल गएपछि रिलिज भएको यो चलचित्र सुपरहिट भएको थियो ।
पललाई आज तनहुँ जिल्ला अदालतले स’फाइ दिए पनि उनी जे’लमुक्त भने हुन सक्ने छैनन् । नवलपुर जिल्ला अदालतले उनलाई यौ’न दुव्र्यव’हारमा अढाइ वर्षको जे’ल सजाय सुनाएकाले उनी सो सजाय भूक्ता’न गरिरहेका छन् ।