चर्चित फुटबलर लियोनल मेसीलाई भेट्ने रहर कसको नहोला ? तर भर्खरैका विश्वकप विजेता मेसीलाई भेटेर सेल्फी खिच्ने मौका जोकोहीले कहाँ पाउँछन् र रु त्यसमाथि एक सामान्य नेपाली युवकले उनलाई भेट्न पाउनु असम्भव जस्तै हो ।
काभ्रे दोलालघाटका ३८ वर्षीय नवाङ लामाले बुधबार मेसीसँग सेल्फी खिच्ने अवसर पाए । कतारको राजधानी दोहामा रहेको ‘द टर्च होटल’ मा एक दशकदेखि काम गर्दै आएका नवाङले जीवनमा यही अवसर खोजिरहेका थिए ।
टर्च होटलमा विश्वका अधिकांश खेलाडी आउने गर्छन् । त्यसैक्रममा उनले धेरै जनासँग यसअघि भेटेर सेल्फी खिच्न भ्याइसकेको थिए । उनको एउटै धोको थियो मेसीलाई भेट्ने । उनी मेसीका कतिसम्म ‘डाइहार्ट’ फ्यान थिए भने मनमनै कुलदेवता भाकेर भेट्न पाइयोस् भनेर कामना गर्ने गर्थे ।
साउदी अरबमा बिहीबार भएको पीएसजी र अल नासर क्लबबीचको मैत्रीपूर्ण खेलका लागि पीएसजी टिम बुधबार कतारको टर्च होटलमा आएर बस्यो । त्यही अवसरमा अप्रत्या’शित रूपमा उनले मेसीसँग भेट्न पाए ।
सुरुमा उनले मेसीलाई लिफ्टसम्म पुर्याएर कोठा देखाउने अवसर पाए । तर सुरुमै उनीसँग सेल्फी खिचेनन् । होटलका कर्मचारीलाई कोही पाहुनासँग फोटो, अटोग्राफ लिन नि’षेध गरिएको छ । तर उनी मेसीसँग फोटो खिच्ने अवसर पाउँदा होटलले जागिरबाट निकाले पनि तयार नै थिए ।
‘मैले त पहिले नै म्यानेजरलाई भनेको थिएँ । बरु मलाई घर फर्काइदेऊ तर मेसीसँग अवसर मिलेमा सेल्फी लिन्छु भनेर,’ नवाङले भने, ‘नभन्दै मेरो चाहना पूरा भयो । अब म पूर्ण भएँ ।’
पीएसजीका सबै टोलीले खाना खाइसकेर कोठा फर्किने बेला उनले ‘लियो, कम हेयर वान फोटो प्लिज’ भनेर अनुरोध गरे । मेसी नजिकै आएर उभिए । मुसुक्क हाँसे । त्यतिखेर नवाङ पूरै नर्भस भए । उनको जीउभरि काँडा उम्रियो । – कान्तिपुरबाट