पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीको पोल खुलेको छ । उनीहरुले नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको खुलेको हो ।
फिक्सिङको आरो’पमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई प’क्राउ गरेको छ । आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व अलराउण्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ ।
प’क्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरु’द्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले जनकपुर रोयल्सबाट नेपाल टी–२० लिग खेलेका थिए ।
उनीहरुले नेपाल क्रिकेट संघ (क्यान)_ को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फि’क्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।
सीआईबीका अधिकृतहरुका अनुसार आलमले जतिनलाई अन्य खेलाडीहरुसँग पनि सम्पर्क गर्न सहयोग गरेका थिए । उनी टिममा भने आवद्ध थिएनन् ।
त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो । त्यसमा ‘म्याच फिक्सिङ’ गर्ने प्रयास भए पनि अनु’सन्धान सुरु भएपछि त्यो सम्भव नभएको सीआईबीका निर्देशक उत्तम सुवेदीले बताए ।
उनले भने, ‘सट्टेबाजी (बेटिङ) बाट अ’सूली गर्ने उद्देश्यले यो प्रयास भएको थियो, तर हल्लाखल्ला भएपछि स्पट फि’क्सिङ मात्रै सम्भव भयो ।’